वा वा
बनाउनेछु म पागल लाई
महापागल
मेरो कला देखेर भन्नेछौं तिमीले
वा वा !
हाम्रो माया किन विशेष
के गर्न सक्छौ मेरो लागि
भनी उठायौं भने
तिमीले प्रश्न
देखाइदिनेछु त्यो जुन
लाई तिम्रो सामु ल्याएर
ताली बजाई भन्नेछौ तिमीले
वा वा !
विश्वास छैन
मलाई तिम्रो
भनी शंका मात्र
राख्यौं तिमीले भने
गर्दिनेछु आविष्कार
विश्वास जाँच गर्ने मेसिनको
मुसुक्क मुसुक्कुराइकन भन्नेँछौ तिमीले
वा वा !
प्रियसी पृथ्वी
ध्वस्त हुन सक्ला तर
मेरो तिमी प्रति माया
अँह असम्भव
बनिदिनेछु गुण्डा
आँच ल्याउने प्रयास गर्नेलाई
भो छोडिदेऊ भन्दै भन्नेछौं तिमीले
वा वा !
काल्पनिक हुनेछन्
मेरा यी कुरा हरु
तर हामी बीचको
सामिप्यता होइन
गर्दिनेछु गफ
यस्तै यस्तै तिमीलाई भुलाउनलाई
चुप गफाडी भन्दै भन्नेछौं तिमीले
वा वा !
क्या बात कहि हे आप्ने
ReplyDeleteThank you btw chinna garo vayo unknown vanera comment aako chha
Delete