कठोर मानिस होइन; समाज हो

 मानिस दुःख हुन लाई केही कारण पनि हुन सक्छन्। ऊ वरिपरिको स्थिति हेरेर दुखी हुन सक्छ, आफ्नै अवस्था देखेर दुखी बन्न सक्छ , कुनै सिने चलचित्र देखेर आफैलाई दुखी बनाउन सक्छ। हिउँ पग्ले जस्तै दुई दिनको जीवन कटाउन आएका मानव जातिको मन स्थिति आफ्नो हातमा आई हाल्यो भने जस्तो सुकै कुरा अगि सारेर पग्लिने रहेछन्। कहिले काँही त कुनै हुँदै नहुने असम्भव कुरालाई कल्पना गर्दै दुखी हुने प्रवृति पनि बडो अचम्मको छ। 

यस्तै पग्लिने को माझमा चट्टान झै अडिग रहने अर्थात् कठोर हृदय भएका वा कट्टर स्वभाव अलिकति पनि नपग्लिने मानिसको पनि कमी छैन। मलाई आज प्रश्न उब्जियो कठोर मानिस किन भयो त? 

कस्तो मानिस कठोर त्यसोभा व्यक्तिपिच्छे फरक पर्न सक्छ । यसको सामान्य परिभाषा आकलन गर्ने हो भने आम मानिसभन्दा फरक व्यवहार र सोच्ने शैली भएको अथवा हाम्रो संस्कृति / समाजले परिभाषित गरे भन्दा पृथक नकारात्मकता जीवनशैली अपनाएको व्याक्ती नै कठोर मानिस भित्र पर्न सक्छन्। कोही मानिस कठोर कै रुपमा जन्मिएका हुन्छ्न तर कोही चाहिँ परिस्थिति र पृष्ठभूमिले हुने गर्दछन्।

मानिसलाई कठोर जाती चाहिँ मेरो सिद्धान्तले झट्ट स्वीकार्दैन। मैले यस्तो भन्दै गर्दा मानव जातिको विस्तृतीकरण गर्न पटक्कै गर्न खोजेको होइन। हुन त मैले आफ्नो सिद्धान्त लाई कायम गर्ने आवश्यक पर्ने तथ्यहरु कम बटुलेको हुन सक्छु। जति मैले अनुसरण गर्नु पर्ने हो त्याे  नगरेको हुन सक्छु। यदाकदा प्रश्न वाचक चिन्ह उठ्न सक्छ त्यसमा मेरो नाइनास्ती पनि छैन।

कठोर मानिस होइन कठोर उसको वातावरण हो कठोर उसले नियालिरहेको संसार हो कठोर उसले सिकेको र अनुशरण गरेको संस्कार हो।

कल्पना गरौं  एक फलानो ठाउँ छ जहाँ फलाना फलाना हरु बस्ने गर्दछन् । हत्या हिंसा , काटामार, लडाई, झैझगडा , बलात्कार, लैगिङ्क विभेद र अत्याचार सामान्य क्रियाकलाप जस्तै छन् । एउटा बालक बालखेल खेलिरहेको ले यस्ता क्रियाकलाप दैनिक जसो देख्ने गरिरहेको छ। मलाई लाग्छ हामी सबैले त्यो बालकको १०/११ वर्ष पछिको उसले लिएको बाटो अनुमान गर्न सक्छौँ। पक्कै पनि त्यो बालक ले कठोर पना को बाटो समात्छ। यहाँ आएर गल्ती कसको त? कठोर उसलाई भन्ने की उसले जिवन व्यतीत गरेको वातावरण लाई भन्ने। राम्रो हुने मानिस जस्तो सुकै अवस्था बाट राम्रो हुन्छ यी कुरा सब नाटक हुन भन्ने लागिरहेको छ भने त्यसमा पनि म होइन चाहिँ भन्दैन; वरिपरि जे जस्तो भएता पनि सोचेर कस्तो बाटो तर्फ लाग्ने हरेक व्यक्तिको चरम सोचाइ मा भर पर्छ। तैपनि उसले सिर्जना गरेको अवस्था मा ऊ हुर्के को  वातावरण, समाज र रहनसहन ले ठूलो महत्त्व राख्ने गर्छ।

हामीले यस्ता प्रश्न सोच्ने प्रयास  पनि गर्दैनौ। कठोर मानिसले दुःख चाहिँ कस्तो कुरामा मान्ने गर्छ? के कठोर मानिसको मन कहिँले नपग्लिने  हो र? आखिर ऊ कठोर किन भयो त?  कस्तो रहेछ कठोर मानिसको बारेमा किन हामीले सोच्ने उसले गरेको कामले नै देखाउँछ उसको कठोरपना  भन्ने जस्ता शब्द हरु उब्जिरहेको छ भने त्यसमा म पनि समावेश हुन्छु किनभने त्यो आम मानिसको सोचाई हो। पक्कै पनि उसको निश्चल हृदय हुन्छ होला त्यो हृदय उम्रिन न पाउँदै कुल्चिएर अर्कै रूप लिन्छ।

उसो त कठोर व्यवहार हरेक प्रकृतिको मानिसले कुनै न कुनै समय मा देखाउने गर्छ। त्यो फरक पाटो भयो। सम्पूर्ण रूप मा कठोर व्यक्तिको पछाडिको पक्ष खोतल्ने हो भने केही न केही दाग को अवशेष उसको परिवारको वातावरण , हुर्किएको पृष्ठभूमि र त्यहाँ हुने क्रियाकलाप र उसले आफूले अनुशरण गरेको संस्कार मा अवश्य भेट्न सकिन्छ। मैले यहाँ कठोर मानिस को बचाउ गर्न पटक्कै खोजेको होइन तर  कठोर मानिस होइन ; कठोर समाज हो ।

Comments

Popular posts from this blog

TIME

गजल

दुई मुक्तक