रात

 आज विश्व कविता दिवस। प्रत्येक वर्ष मार्च २१ काे दिनलाई आधिकारिक रूपमा कविता दिवसको रूपमा मनाइने घोषणा सन् १९९९ मा युनेस्को ले गरेको थियो।  त्यसै अनुरुप सन् २००० देखि हरेक वर्ष मार्च २१ गतेको दिनलाई सभ्य र भब्य रुपमा यो दिवस मनाइने गरिन्छ। यही दिवसको अवसर पारेर मैले रात शीर्षकमा कविता लेख्ने प्रयास गरेको छु ⤵️

मलाई रात खुबै मनपर्छ 

मनपर्छ त मनपर्छ  

अति नै सुन्दर शान्त सौम्य यो रात

सुनसान सुनसान सुन सान

नियालेर हेरौं पाइँदैन यो जति उजेलो प्रसङ्ग

बेफिकर छन्  ती बाटाहरू जो दिनभर चेपाईमा पर्ने गर्छन्

बायुका कणहरु सास फेर्दै छन् 

चञ्चल मन रोकिँदै छन्

थकाईहरु पनि यस चकमन्नमा थकाइ मार्दै छन्

चिच्याहट आवाजहरू ध्यानमा मस्त हुँदै छन् 

चिन्ताहरु चितामा पुग्दैछन्

ईर्ष्या हरू ढुलमुलिदै छन्

क्लान्त भविष्य पनि भयभीत हुँदै छन्

आक्रान्त भूत भट्किदै छन्

विकराल वर्तमान सर्वत्र हुन खोज्दै छन्

आदि इत्यादि एक से एक बब्बर शेरहरु 

मातमा पर्दैछन् मजाले रातसँग

निष्पट्ट छ जस्तो लाग्ने

तर यसैमा छ बेहद शक्ति का अवयवहरू

नियालेर त हेर ए मनुष्य पागल हुन्छस्  त यसको प्रेममा

न यो प्रेम मा दबाब हुनेछ न कुनै 

डर कर काप छल कपट 

अहम वदला रोदन वेदना

बठ्याइँ ठट्याइ धुर्त्याइ 

सबै तत्वहरू सुषुप्त हुनेछन्

देखिनेछ विशाल अनि गज्जबको मायावी शक्ति

खुलस्त भएर पुलकित भएर

अनि सोचिनेछ एक पटक भए नि 

यो समय यही अड्की देओस्

यही रोकी रहोस् एक तमासले

चुपचाप चकमन्न छ 

कति मायालु छोड्दै नसकिने !!!!


Comments