Posts

Showing posts from March, 2026

रात

 आज विश्व कविता दिवस। प्रत्येक वर्ष मार्च २१ काे दिनलाई आधिकारिक रूपमा कविता दिवसको रूपमा मनाइने घोषणा सन् १९९९ मा युनेस्को ले गरेको थियो।  त्यसै अनुरुप सन् २००० देखि हरेक वर्ष मार्च २१ गतेको दिनलाई सभ्य र भब्य रुपमा यो दिवस मनाइने गरिन्छ। यही दिवसको अवसर पारेर मैले रात शीर्षकमा कविता लेख्ने प्रयास गरेको छु ⤵️ मलाई रात खुबै मनपर्छ  मनपर्छ त मनपर्छ   अति नै सुन्दर शान्त सौम्य यो रात सुनसान सुनसान सुन सान नियालेर हेरौं पाइँदैन यो जति उजेलो प्रसङ्ग बेफिकर छन्  ती बाटाहरू जो दिनभर चेपाईमा पर्ने गर्छन् बायुका कणहरु सास फेर्दै छन्  चञ्चल मन रोकिँदै छन् थकाईहरु पनि यस चकमन्नमा थकाइ मार्दै छन् चिच्याहट आवाजहरू ध्यानमा मस्त हुँदै छन्  चिन्ताहरु चितामा पुग्दैछन् ईर्ष्या हरू ढुलमुलिदै छन् क्लान्त भविष्य पनि भयभीत हुँदै छन् आक्रान्त भूत भट्किदै छन् विकराल वर्तमान सर्वत्र हुन खोज्दै छन् आदि इत्यादि एक से एक बब्बर शेरहरु  मातमा पर्दैछन् मजाले रातसँग निष्पट्ट छ जस्तो लाग्ने तर यसैमा छ बेहद शक्ति का अवयवहरू नियालेर त हेर ए मनुष्य पागल हुन्छस्  त यसको प्...