दुई मुक्तक
उज्यालो पछाडि अन्धकारको ठूलो कथा हुन्छ
सङ्घर्ष पछाडि अभावको ठूलो कथा हुन्छ
लुकेका हुन्छन् निकै दृश्य परिदृश्य हरू यहाँ
उपकार पछाडि अहङ्कारको ठूलो कथा हुन्छ
नगर् जिद्दी मलाई आमाले भन्नुभएकै हो
दुख पाउलास् मलाई आमाले भन्नुभएकै हो
साथ दिने पलभरमै बिलाएर जानेछन् अनि
रुनेछस् एक्लै मलाई आमाले भन्नुभएकै हो
Comments
Post a Comment