म भने उस्तै !
साल फेरियो
म भने उस्तै !
देशको अवस्था बदलियो
म भने उस्तै !
कयौं को जीवन फेरियो
म भने उस्तै !
हात दिनेहरू साथ छोडेर गए
म भने उस्तै !
हाँस्ने हरु हाँस्न छोडे
म भने उस्तै !
धर्तीको बोझ संज्ञा पाएका आकाश छुन थाले
म भने उस्तै !
बाहिरको म फेरिए तर भित्रको
म भने उस्तै !
मप्रतिको विचार धेरैको बदलियो
म भने उस्तै !
परिवारको आशा म प्रति झन बढेर गयो
म भने उस्तै !
ऊ जस्तै बन फलानो बाट सिक धेरै सुनियो
म भने उस्तै !
कथा सुनियो देखियो व्यथा दुःख सुखका
म भने उस्तै !
आफैँ देखि मेरो नजर बद्लियो
म भने उस्तै !
जिद्दी नराम्रो छुच्चो के के कहलिए
म भने उस्तै !
आहा भन्नेहरु छि भन्न सुरु गरे
म भने उस्तै !
दिन बिते रात बिते
म भने उस्तै !
समयले गिज्जायो
म भने उस्तै !
उस्तै उस्तै हजुर
म भने उस्तै !
म भने उस्तै !
देशको अवस्था बदलियो
म भने उस्तै !
कयौं को जीवन फेरियो
म भने उस्तै !
हात दिनेहरू साथ छोडेर गए
म भने उस्तै !
हाँस्ने हरु हाँस्न छोडे
म भने उस्तै !
धर्तीको बोझ संज्ञा पाएका आकाश छुन थाले
म भने उस्तै !
बाहिरको म फेरिए तर भित्रको
म भने उस्तै !
मप्रतिको विचार धेरैको बदलियो
म भने उस्तै !
परिवारको आशा म प्रति झन बढेर गयो
म भने उस्तै !
ऊ जस्तै बन फलानो बाट सिक धेरै सुनियो
म भने उस्तै !
कथा सुनियो देखियो व्यथा दुःख सुखका
म भने उस्तै !
आफैँ देखि मेरो नजर बद्लियो
म भने उस्तै !
जिद्दी नराम्रो छुच्चो के के कहलिए
म भने उस्तै !
आहा भन्नेहरु छि भन्न सुरु गरे
म भने उस्तै !
दिन बिते रात बिते
म भने उस्तै !
समयले गिज्जायो
म भने उस्तै !
उस्तै उस्तै हजुर
म भने उस्तै !
Comments
Post a Comment