वा वा
बनाउनेछु म पागल लाई महापागल मेरो कला देखेर भन्नेछौं तिमीले वा वा ! हाम्रो माया किन विशेष के गर्न सक्छौ मेरो लागि भनी उठायौं भने तिमीले प्रश्न देखाइदिनेछु त्यो जुन लाई तिम्रो सामु ल्याएर ताली बजाई भन्नेछौ तिमीले वा वा ! विश्वास छैन मलाई तिम्रो भनी शंका मात्र राख्यौं तिमीले भने गर्दिनेछु आविष्कार विश्वास जाँच गर्ने मेसिनको मुसुक्क मुसुक्कुराइकन भन्नेँछौ तिमीले वा वा ! प्रियसी पृथ्वी ध्वस्त हुन सक्ला तर मेरो तिमी प्रति माया अँह असम्भव बनिदिनेछु गुण्डा आँच ल्याउने प्रयास गर्नेलाई भो छोडिदेऊ भन्दै भन्नेछौं तिमीले वा वा ! काल्पनिक हुनेछन् मेरा यी कुरा हरु तर हामी बीचको सामिप्यता होइन गर्दिनेछु गफ यस्तै यस्तै तिमीलाई भुलाउनलाई चुप गफाडी भन्दै भन्नेछौं तिमीले वा वा !