कठोर मानिस होइन; समाज हो
मानिस दुःख हुन लाई केही कारण पनि हुन सक्छन्। ऊ वरिपरिको स्थिति हेरेर दुखी हुन सक्छ, आफ्नै अवस्था देखेर दुखी बन्न सक्छ , कुनै सिने चलचित्र देखेर आफैलाई दुखी बनाउन सक्छ। हिउँ पग्ले जस्तै दुई दिनको जीवन कटाउन आएका मानव जातिको मन स्थिति आफ्नो हातमा आई हाल्यो भने जस्तो सुकै कुरा अगि सारेर पग्लिने रहेछन्। कहिले काँही त कुनै हुँदै नहुने असम्भव कुरालाई कल्पना गर्दै दुखी हुने प्रवृति पनि बडो अचम्मको छ। यस्तै पग्लिने को माझमा चट्टान झै अडिग रहने अर्थात् कठोर हृदय भएका वा कट्टर स्वभाव अलिकति पनि नपग्लिने मानिसको पनि कमी छैन। मलाई आज प्रश्न उब्जियो कठोर मानिस किन भयो त? कस्तो मानिस कठोर त्यसोभा व्यक्तिपिच्छे फरक पर्न सक्छ । यसको सामान्य परिभाषा आकलन गर्ने हो भने आम मानिसभन्दा फरक व्यवहार र सोच्ने शैली भएको अथवा हाम्रो संस्कृति / समाजले परिभाषित गरे भन्दा पृथक नकारात्मकता जीवनशैली अपनाएको व्याक्ती नै कठोर मानिस भित्र पर्न सक्छन्। कोही मानिस कठोर कै रुपमा जन्मिएका हुन्छ्न तर कोही चाहिँ परिस्थिति र पृष्ठभूमिले हुने गर्दछन्। मानिसलाई कठोर जाती चाहिँ मेरो सिद्धान्तले झट्ट स्वीकार्दैन। ...