मैले जे देखेँ
नामै नभएको, रातो कालो, दुब्लो, र्याल काढ्दै गरेको, कानमा घाउ, छालामा विभिन्न मिश्रण ले स्पर्श गरेको, शरीर भरी गहिरा डोबहरू, अनुहारमा हेर्दा खाना को खोजीमा, रोशनी हराएको, आवाज कस्तो भने वेदना को गीत सुनाए जस्तो, आशातित भावनामा सम्मोहित हुन खोज्ने, तर उसलाई सबले हेप्ने, छि छि , दूर दूर, भाग् ! उसै समय, उसै अवस्था, उसै मोड, उसै गति, उसै भीड, उसै दौडधुप, नाम टमी, सेतो न सेतो हिउँ जस्तै, मोटो कद, सफा मुख, खानाले टम्म, भर्खर नुहाए जस्तो, जोसिलो, उफ्री रहने, हेर्दा सिंगारेको जस्तो, आवाज निकाल्ने रमाएको जस्तो, सबैको प्यारो, बुढा देखि बच्चा सम्म, समात्न खोज्ने, बोलाउन खोज्ने, केही पर नाम नभएको ले , टुक्रुक्क परेर, टुलुटुलु हेरिरहेको, अहो दृश्य